Tuesday 9 October 2012

नेपालले हङकङलाई १२५ रनले पराजित गर्‍यो

काठमाडौं, आश्विन २३ - नेपालले एसीसी क्रिकेट एलिट कपको चौथो खेलमा म‌ंगलबार हङकङलाई १ सय २५ रनले पराजित गरेको छ । दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले टस जिती पहिले ब्याटिङ गरेको थियो । नेपालले हङकङ सामु २२६ रनको चुनौती पेस गरेको थियो । कप्तान पारस खड्काले ६१ रन बनाएका थिए । उनले ५४ बल खेलेका थिए । अनिल कुमार मन्डलले ३७, वसन्त रेग्मीले ३१ रनको योगदान दिए । नेपालले सेमिफाइनलका निम्ति छनौट हुन आजको खेल जित्नै पर्ने दबाबमा थियो । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment