Tuesday 9 October 2012

सिड्नीमा नेपाली “कुक बुक” प्रकाशित

सिड्नी, अष्ट्रेलियामा नेपाली खानालाई प्रचारप्रसार गर्ने उद्देश्यले “कुक बुक” प्रकाशित भएको छ । नर्थ सिड्नीमा सोमबार आयोजित विशेष कार्यक्रमा नेपाली महाबाणिज्यदुत दिपक खड्का, नेपाली समुदायका अगुव डा. नारायण प्रधान र एजुकेटीभ सेफ हरी लामिछानेले संयुक्त रुपमा उक्त कितवको विमोचन गरेका थिए । बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महाबाण्ज्यिदुत खड्काले नेपाली खानालाई अष्ट्रेलियामा चिनाउन पुस्तक सफल हुने बिचार राखेका थिए । गोर्खा नेप्लिज कम्युनिटिका अध्यक्ष समेत रहेका डा. नारायण प्रधानले नेपाली र भारतीय खानाहरु एकै हो भन्नेहरुलाई पुस्तकाले थप प्रष्ट पार्ने भनाई राखेका थिए । सिड्नीमा पहिलो आधिकारीका नेपाली परिकारको रेष्टुरेन्ट “याक एण्ड यति” संचालन गर्दाको अनुभव सुनाउदै डा. प्रधानले भने “लसुन र प्याजको गन्ध पनि मन नपराउने अष्ट्रेलियनहरु अहिले हप्तामा २/३ पटक नेपाली खाना खान रेष्टुरेन्ट आउछन् ।” यसैगरि विगत १२ वर्षदेखि सिड्नीको रक्समा संचालित एक पुरातात्विक होटलका एजुकेटिभ सेप हरी लामिछानेले नेपाली खाना, मसला र बनाउने बिधिको बारेमा पुस्तकले धेरै जानकारी समेटेकोले भनाई राखे । अष्ट्रेलियाबाट पाक्षिक रुपमा प्रकाशित हुँदै आएको पत्रिका नेपाली पत्रको सहप्रकाशनको रुपमा यो 'कुक बुक' प्रकाशित भएको हो । पुस्तकको सम्पादक मण्डलमा सुरज प्रधानु बुलसन र ऋषि आचार्य रहेका छन् । सुरज प्रधानका अनुसार यसमा अष्ट्रेलियाका विभिन्न रेष्टुरेन्टका २४ वटा नेपाली रेसिपिहरुको संकलन रहेको छ । साथै नेपाली परिकारहरु, मसलाको परिचय र खानपिन संस्कृतिका बारेमा जानकारी समेटिएको छ । यो कुक बुकलाई अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा वितरण गरिने नेपाली पत्रका सम्पादक ऋषि आचार्यले बताए । अष्ट्रेलियाको सिड्नीमा मात्र करिव तिन दुई दर्जन भन्द बढी नेपाली रेष्टुरेन्टहरु संचालित छन् ।

No comments:

Post a Comment