Thursday 11 October 2012

सलमानलाई भेट्न ३ घण्टा कुरिन् रानीले

सलमान खान अहिले बलिउडका सर्वोच्च स्टार बनेका छन् र उनको भाउ पनि आकासिएको छ । सायद यहीँ भएर होला सलमानको साथ पाउनका लागि धेरै हिरो हिरोइन तथा कलाकारहरु मरिहत्ते गर्छन् । अरु त अरु चल्तीकी अभिनेत्री रानी मुखर्जीले समेत सलमानलाई भेट्न ३ घण्टासम्म कुरिन् । भलै फिल्म सुटिङका बेला सुटिङ युनिटलाई घण्टौ कुराउने मामिलामा रानी अगाडि छिन्, तर कुमालेको चक्र घुम्छ भनेझैँ यो पाला भने उनी आफै लामै कुराइमा परिन् सलमानलाई भेट्नका लागि । सलमानको चर्चित रियालिटी शो बिग बोसमा आफ्नो आगामी फिल्म अइया को प्रमोसनका लागि पुगेकी थिइन् । बिग बोस सुरु हुन लागेको छैटौँ संस्करणको एक एपिसोडमा रानीले पनि ठाउँ पाएकी थिइन् आफ्नो फिल्मको प्रचार गर्ने । त्यहीँ भएर उक्त एपिसोडको छायांकन हुने राती ८ बजेको समयमा उनलाई बोलाइएको थियो । उनी ८ बजे नै आइन् । तर बिग बोसको सुटिङ ११ बजेपछि मात्र सुरु भयो । दुइ घण्टासम्म कुर्दापनि सलमानसँग भेट्न नपाउँदा र शुटिङ सुरु नहुँदा १० बजेपछि उनी झर्केर त्यहाँबाट निस्कने प्रयास गरेकी थिइन् तर उनलाई त्यहाँ भएका मानिसले उनलाई सम्झाई बुझाई गरे । आखिर ११ बजेपछि मात्र शुटिङ सुरु भयो । उनले आफ्नो फिल्मको भरपूर प्रचार गरेरै छाडिन् । तर जे होस् सलमानलाई भेट्न भनौँ वा आफ्नै फिल्मको प्रचार गर्न उनले ३ घण्टा नराम्ररी कुर्नु चाहीँ पर्यो । Via : Onlinekhabar

No comments:

Post a Comment